सहकारी बिटमा कलम चलाइरहेका पत्रकारहरुको छाता संगठन नेपाल सहकारी पत्रकार समाजको प्रथम साधारणसभा पुस २७ गते शुक्रबार सम्पन्न भएको छ ।
समाजको कार्यालय शान्तिनगरमा भएको उक्त सभा समाजका अध्यक्ष यादव हुमागाईको सभापतित्वमा सम्पन्न भएको थियो ।
साधारणसभाले अध्यक्ष हुमागाईको वार्षिक प्रतिवेदन र भावि कार्ययोजनाका साथै कोषाध्यक्ष सिता पोखरेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखापरिक्षण प्रतिवेन पारित गरेको छ ।
सभामा १५ जना सदस्यहरुको उपस्थिती रहेको थियो ।
No comments:
Post a Comment