२६ जेठ । काठमाडौं । नवगठित सहकारी तथा गरिवी निवारण मन्त्री एकनाथ ढकाल र सहकारी पत्रकार समाजका प्रतिनिधिबिच भेटवार्ता भएको छ । आज भएको भेटमा सहकारी र सहकारी पत्रकारिताका विविध विषयमा छलफल भएको थियो ।र
समाजका पदाधिकारीसँगको भएका क्रममा मन्त्री एकनाथ ढकालले उत्पादनमुलक क्षेत्रमा सहकारीको योगदान बढाउन सहकारीमा रहेको रकम परिचालन गर्न नीति ल्याइने बताउनुभएको । मन्त्री ढकालले पूँजि कसरी परिचालन गर्नेबारे छलफल भइरहेको बताउनुभएको हो ।
'सहकारीबाट २ खर्बको कारोबार भइरहेको छ' उहाँले भन्नुभयो-'सो रकम परिचालनका लागि नीतिगत छलफल गर्न बाँकी नै छ ।' नीजि तथा सरकारी कार्यक्रम गाउँगाउँसम्म नपुगेको भन्दै उहाँले सहकारीका माध्यमबाट गरिव जनताको जीवनस्तर उकास्ने कार्यक्रम ल्याउन लागिएको बताउनुभयो । '
सहकारीले कृषिजन्य वस्तु उत्पादन बढाउन र बेरोजगार समस्या हल गर्न विशेष कार्यक्रम ल्याइने छ' उहाँले भन्नुभयो । उत्पादन, वित्तिय र उपभोक्ताका सहकारीलाई लक्षित गरी आवश्यक नीतिगत कुराको व्यवस्था गरिने उहाँको भनाइ थियो । सहकारीका समस्या धेरै रहेको चर्चा गर्दै मन्त्री ढकालले अनुगमन तथा नियमनमा ध्यान दिने मन्त्रालयको सोच रहेको बताउनुभयो ।
आइटी बैँकका माध्यमबाट सहकारीको व्यवस्थापन गर्न सकिने उहाँको भनाइ थियो । सहकारी नीतिका बारेमा अध्ययन भइरहेको र आवश्यक परिमार्जन र परिष्कृत गरेर क्याबिनेटमा लैजाने उहाँले बताउनुभयो ।
नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष यादव हुमागाइले सहकारीबाट आर्थिक रुपान्तरण गर्न सहकारीकर्मी र सञ्चारकर्मीको सहकार्य अपरिहार्य भएको बताउनुभएको थियो ।

No comments:
Post a Comment