काठमाडौं, १२ फागुन
श्री लाँलीगुरास बहुउद्देश्यीय सहकारी संस्थाले नेपाल सहकारी पत्रकार समाजलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ । सहकारी विषयमा कलम चलाउदै आएका आमसंचारकर्मीको वृत्तीविकासका कार्यक्रम संचालन गर्न संस्थाले उक्त सहयोग गरेको हो ।
विहिबार संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले समाजका अध्यक्ष यादव हुमागाईलाई सहयोग हस्तान्तरण गरे ।
कार्यक्रममा बोल्दै भण्डारीले सहकारीलाई अर्थतन्त्रको खम्बा माने पनि यस क्षेत्रमा स्पष्ट नीति र कानुन नहुुदा समस्या भएको बताए । वित्तीय क्षेत्रमा सहकारीको योगदान ३० प्रतिशत भन्दा धेरै भएको भन्दै उनले सहकारीलाई अब उत्पादन र वितरणका क्षेत्रमा समेत केन्द्रीत गर्नुपर्ने उल्लेख गरे । सहकारी मापदण्ड २०६८ ले सहकारीबिच सहकार्य र लगानीमा रोक लगाएकाले अप्ठेरो स्थिती सिर्जना भएको उनको भनाइ थियो । सहकारीको विकासमा आमसंचार क्षेत्रको महत्वपूर्ण भूमिका हुने भन्दै भण्डारीले सहकारी पत्रकारको बृत्ती विकासका लागि नियमित सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरे ।
सहकारी क्षेत्रमा कलम चलाइरहेका पत्रकारहरुको बृत्ती विकासका लागि ६ महिनाअघि समाजको स्थापना भएको हो । समाजले पत्रकारको क्षमता अभिबृत्तीका लागि तालिम, भ्रमण, प्रत्साहनलगायतका विविध कार्यक्रम गर्ने लक्ष्य लिएको छ ।
श्री लाँलीगुरास बहुउद्देश्यीय सहकारी संस्थाले नेपाल सहकारी पत्रकार समाजलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ । सहकारी विषयमा कलम चलाउदै आएका आमसंचारकर्मीको वृत्तीविकासका कार्यक्रम संचालन गर्न संस्थाले उक्त सहयोग गरेको हो ।
विहिबार संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले समाजका अध्यक्ष यादव हुमागाईलाई सहयोग हस्तान्तरण गरे ।
चेक हस्तान्तरण गर्दै |
सहकारी क्षेत्रमा कलम चलाइरहेका पत्रकारहरुको बृत्ती विकासका लागि ६ महिनाअघि समाजको स्थापना भएको हो । समाजले पत्रकारको क्षमता अभिबृत्तीका लागि तालिम, भ्रमण, प्रत्साहनलगायतका विविध कार्यक्रम गर्ने लक्ष्य लिएको छ ।
No comments:
Post a Comment