काठमाडौं, १७ चैत
राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले सहकारीको विकासका लागि छुट्टै मन्त्रालयको आवश्यक रहेकोमा पुनः जोड दिएका छन् ।
राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले सहकारीको विकासका लागि छुट्टै मन्त्रालयको आवश्यक रहेकोमा पुनः जोड दिएका छन् ।
![]() |
उद्द्दाटन कार्यक्रमका अतिथिहरु |
नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को साधारणसभामा बोल्दै उनले छुट्टै मन्त्रालयको लागि आफुहरु लडिरहेको बताए । “सहकारीको विकासका लागि छुट्टै मन्त्रालय आवश्यक छ” उनले भने, “त्यसका लागि हामीले दवाव दिइरहेका छौ”
सहकारीको विकास भएमात्रै आर्थिक विकासमा टेवा पुग्ने भन्दै अध्यक्ष बडालले भने “सहकारीले मात्र निजीस्वार्थ केन्द्रित व्यवसायलाई अन्त्य गर्न सक्छ ।” सहकारी अर्थतन्त्र बलियो भए अनावश्यक मुनाफा आर्जन गर्ने प्रवृति कम हुने र आर्थिक विकासमा टेवा पुग्ने उनको भनाइ थियो । निजी क्षेत्रले बढी नाफा केन्द्रीत हुदा बातावरणको दोहन गरेको उनले आरोप लगाए । सहकारीको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसंघले सन् २०१२ लाई अन्तर्राष्ट्रिय सहकारी वर्षका रुपमा घोषणा गरेको बताए ।
राष्ट्रिय सहकारी विकास बोर्डका सदस्यसचिव नेत्र प्रसाद न्यौपानेले सहकारीको व्यवस्थित विकासका लागि बोर्डले नीति तयार गरी सरकारलाई बुझाएको जानकारी दिए ।
सहकारी विभागका रजिष्ट्रार सुदर्शनप्रशाद ढकालले सहकारीबाट गरिवी निवारण गर्नुका साथै रोजगार सिजर्ना गर्न सकिने बताए । सहकारीले हरेक क्षेत्रमा काम गर्न पाउने गरी नीति तथा ऐन नियम र नीतिमा संसोधान आवश्यक रहेको बताए ।
संहकारी आन्दोलनका अगुवा दीपकप्रकाश बास्कोटाले आम सर्वसाधारणले अभै पनि सहकारीको सिद्वान्त नबुझेकाले सूचना, शिक्षा र तालिममा जोड दिनुपर्ने उल्लेख गरे । यसैगरी कार्यक्रममा बोल्ने नेपाल मौरीपालन केन्द्रीय सहकारी संघका अध्यक्ष गणेश बस्नेत, केन्द्रीय कृषि सहकारी संघका अध्यक्ष खेम पाठक, नेपाल सुचना तथा संचार सहकारी केन्द्रीय सहकारी संघका अध्यक्ष विष्णुहरी ढकाल, राष्टिय सहकारी बैँकका प्रबन्ध संचालक केवी उप्रेती, प्रस्तावित बहुउद्देश्यीय सहकारी केन्द्रीय संघका अध्यक्ष सुरेन्द्र भण्डारीले सहकारीको क्षेत्रको प्रचारप्रसारमा संचारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताए ।

No comments:
Post a Comment