Tuesday, November 29, 2011

पत्रकार बिजयवावुको निधनप्रति सहकारी पत्रकार समाजद्वारा शोक व्यक्त

Let Bijaya babu

१३ मंसिर काठमाडौं । सोमबार रुपन्देहीको सालझण्डीमा कार दुर्घटनामा परि कारोवार आर्थिक दैनिकका समाचार सम्पादक बिजयवावु खत्री भएको दुःखद निधनप्रति नेपाल सहकारी पत्रकार समाजले शोक व्यक्त गरेको छ । मंगलबार एक प्रेस बक्तव्य जारी गर्दै समाजले खत्रीको निधनले नेपाली पत्रकारितामा अपुरणीय क्षति पुगेको उल्लेख गरेको छ ।

समाजले जारी विज्ञप्तीमा भनिएको छ– “कारोवार आर्थिक दैनिकका समाचार सम्पादक बिजयवावु खत्री मंसिर १२ गते सोमबार रुपन्देहीको सालझण्डीमा कार दुर्घटनामा परि भएको दुःखद निधनप्रति नेपाल सहकारी पत्रकार समाज मर्माहित भएको छ । खत्रीको निधनले नेपाली पत्रकारितामा अपुरणीय क्षति पुगेको छ । २०५४ सालबाट पत्रकारिता सुरु गरेका खत्रीले नेपाली आर्थिक पत्रकारिताको विकासमा पु¥याएको योगदानको सुनौला अक्षरले कोरिनेछ ।

नेपाल सहकारी पत्रकार समाज खत्रीको निधनप्रति हार्दिक श्रद्वान्जली अर्पण गर्दै स्वर्गीय आत्माको चीर शान्तिको कामना तथा शोकाकुल परिवारमा हार्दिक समवेदना ब्यक्त गर्दछ । सोही दुर्घटनामा परि घाइते भएका कारोबार दैनिकमा कार्यरत पत्रकारहरु डिआर आचार्य,  लिला घिमिरे, राधिका ढकाल र प्रकट कुमार शिशिर तथा वितरण प्रमुख युवराज कार्कीको शिध्र स्वास्थ्य लाभको कामना गर्दछौ ।”

                           



No comments:

Post a Comment