Monday, August 22, 2011

सहकारी पत्रकार सम्मानित

काठमाडौं, साउन ३० 
वगठित सहकारी पत्रकार समाजका पदाधिकारीहरूलाई सोमबार जिल्ला सहकारी सङ्घ ललितपुरले एक कार्यक्रम गरी सम्मान गरेको छ । सङ्घका अध्यक्ष माधव दुलाले खादा ओढाई उनीहरूलाई सम्मान गर्नुभएको हो । 

कार्यक्रममा सङ्घका पदाधिकारीहरूले मुलुकको आर्थिक विकासको एउटा महìवपूर्ण आधारस्तम्भको रूपमा स्थापित भएको सहकारी क्षेत्रमाथि पछिल्ला दिनमा चौतर्फी आक्रमण बढेको भन्दै यस क्षेत्रको योगदानलाई उजागर गर्न सञ्चार माध्यमहरूले महìवपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताएका थिए । 


अध्यक्ष दुलालले सहकारीले विशेषगरी 
ग्रामीण विकासमा महìवपूण भूमिका खेले पनि त्यसबारे सकारात्मकभन्दा नकारात्मक कुरा बढी आउने गरेको भन्दै सहकारीप्रतिको अन्यौल चिर्ने काम प्रेसले गर्न सक्छ भन्नुभयो । सहकारीको बारेमा 
सकारात्मक र नकारात्मक दुवै कुरा जनसमक्ष राख्न उहाँको आग्रह थियो । 



  सम्मान पछि जिल्ला संघ र समाजका पदाधिकारी सामुहिक फोटो खिचाउदै


समाजका अध्यक्ष यादव हुमागाईले बैङ्क वित्तीय संस्थाले विज्ञापन दिएकोले मिडियाले उनीहरूको लेख्ने गरेको वा सहकारीले दिन नसक्ने हुँदा नलेखेको भन्ने सहकारी क्षेत्रको गुनासो सत्य नभएको बताउँदै आर्थिक विकासमा योगदान दिने सहकारी क्षेत्रलाई मिडियाले उत्तिकै महìव दिने स्पष्ट पार्नुभयो ।

No comments:

Post a Comment