Monday, September 19, 2011

सहकारी पत्रकार समाजद्वारा सहकारीका निकायसँग छलफल

काठमाडौं, २१ भदौ
नेपाल सकहकारी पत्रकार समाजले सहकारी क्षेत्रका विभिन्न निकायसँग छलफल सुरु गरेको छ । समाजले पहिलो चरणमा सहकारी विभाग, राष्ट्रिय सहकारी विकास बोर्ड र राष्ट्रिय सहकारी संघका पदाधिकारीसँग छलफल गरेको छ ।

राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले सहकारीलाई पुँजीका आधारमा मात्र तुलना नगर्न आग्रह गरेका छन् । सहकारीले देशको आर्थिक सामाजिक विकास र गरिवी उल्मुननमा महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।

“कुल ग्राहस्थ उत्पादनमा सहकारीको ३ प्रतिशत योगदान छ भनेर खुम्च्याउन थालिएको छ”, नेपाल सहकारी पत्रकार समाजसँग बुधबार भएको भेटमा अध्यक्ष बडालले भने, “सहकारीको योगदान तथ्यांकमा देखिदैन ।”  देशले लामो समय गलत आर्थिक नीति लिएकाले अर्थतन्त्र गम्भिर मोडमा पुगेको उनले दावी गरे ।

सहकारी निजी क्षेत्रभन्दा अलग रहेको भन्दै बडालले केही नीजि क्षेत्र र अथशास्त्री यसको विरुद्व लागेको भन्दै आपत्ति प्रकट गरे । “हामी निजी क्षेत्रको विरोधी होइनौं” बडालले भने, “उनीहरु सहकारीको लोकप्रियताबाट डराएका हुन्” । बचत तथा ऋण सहकारीले बढी ब्याज दिएपछि निजी बैंकहरु आत्तिएको भन्दै उनले भने, “सहकारी कम भएको पछिल्लो १० वर्षमा निक्षेपकर्ताको रकमबाट १ खर्ब ब्याज ठगी भएको छ ।” संचारमाध्यममा सहकारीका नकारात्मक समाचार मात्र गुनासो गर्दै बडालले सकारात्मक समाचारलाई पनि प्राथमिकता दिन आग्रह गरे ।
संघका उपाध्यक्ष विजयराज घिमिरेले, लेखा समितिका संयोजक केबी उप्रेती सहकारीका समाचारलाई प्राथमिकताका साथ ल्याउन समाजसँग सहकार्य गरिने प्रतिवद्वता व्यक्त गरे ।

भेटमा सहकारी आन्दोलनलाई अघि बढाउन संचारकर्मीलाई सहकारीसम्बन्धी तालिम, अध्ययन अवलोकन र भ्रमणका कार्यक्रम गर्न संघ र समाजबिच सहकार्य गर्ने विषयमा छलफल भएको थियो । यसअघि समाजका पदाधिकारीले सहकारी विभागका रजिष्टार सुदर्शन प्रसाद ढकाल र राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष सरोज कुमार शर्मासँग भेटी छलफल गरेका थिए । भेटवार्तामा दुवैपक्षले हातेमालो गरेर अघि बढ्ने विषयमा छलफल भएको छ ।


No comments:

Post a Comment