Monday, August 22, 2011

सहकारी पत्रकार समाज गठन

काठमाडौं, २३ साउन
हकारी संस्थाहरुको क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरूको सहकारी विभागमा आज सम्पन्न भेलाले सहकारी पत्रकार समाज गठन गरेको छ ।

भेलाले समाजको अध्यक्षमा यादव हुमागाई (कारोबार दैनिक), उपाध्यक्षमा डिल्ली सापकोटा (आर्थिक दैनिक), सचिवमा सीताराम विलासी (गोरखापत्र दैनिक), कोषाध्यक्षमा सीता पोखरेल (अभियान दैनिक), सहसचिवमा किरण ढकाल (राजधानी दैनिक), सदस्यहरूमा केशवराज जोशी (सत्याग्रह साप्ताहिक), खिलानाथ दाहाल (बर्तमान सहकारी मासिक), तुल्सीराम सुवेदी (समाचारपत्र दैनिक) र शर्मिला ठकुरी (रासस) रहेका छन् ।

सहकारीको विषयमा कलम चलाउँदै आएका पत्रकारहरूको पेशागत दक्षता वृद्धि गर्न, मुलुकको आर्थिक विकासमा सहकारी क्षेत्रको योगदानलाई जनसमक्ष उजारगर गर्दै सहकारी अभियानलाई प्रवद्र्धन गर्ने कार्यमा सहयोग पु¥याउन समाजको गठन गरिएको समाजका अध्यक्ष यादव हुमागाईले बताउनुभयो ।

No comments:

Post a Comment